September 2, 2026, Wednesday
२०८३ भाद्र १७
1:37:26 pm

तोलामा १००० ले घट्यो सुनकाे भाउ

२०७७ फाल्गुन २०

काठमाडौं – सुनको भाउ बिहीबार घटेको छ।  आज सुन तोलामा एक हजारले घटेको हो। 

छापावाला सुन प्रतितोला ८६ हजार ५०० रहेको रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।  बुधबार छापावाला सुन प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै तेजावी सुन प्रति तोला  ८६ हजार ५० रुपैयाँ कायम भएको छ। चाँदीमा पनि प्रतितोला ३० रुपैयाँले गिरावट आएको छ।  चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएको छ।

Advertisement