September 2, 2026, Wednesday
२०८३ भाद्र १७
1:37:26 pm

प्रतितोला ९०० रुपैयाँले घट्यो सुनको मुल्य

२०७७ फाल्गुन २१

काठमाडौं – सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ। लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा ९०० रुपैयाँले घटेको छ।

स्थानीय बजारमा आज छापावाला सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेर तोलामा ८५ हजार ६०० रुपैयाँ मूल्य निर्धारण भएको छ। छापावाला सुन बिहीबार तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। 

यसैगरी तेजाबी सुन तोलाको मूल्य ८५ हजार १५० रुपैयाँ निर्धारण भएको छ। तेजाबी सुन बिहीबार तोलामा ८६ हजार ५० मा रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

आज चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज भने एक हजार २५० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।