September 2, 2026, Wednesday
२०८३ भाद्र १७
1:37:26 pm

बढ्यो सुनको मूल्य, चाँदी भने स्थिर

काठमाडौं–साताको पहिलो कारोबार दिन आइतवार सुनको मूल्य उकालो लागेको छ। स्थानीय बजारमा आइतवार सुनको मूल्य ४ सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ८६ हजार १५० मा कारोबार भएको छ। शुक्रवार तेजाबी सुन प्रतितोला रू. ८५ हजार ७५० मा कारोबार भएको थियो।

Advertisement

यस्तै, आइतवार चाँदीको मूल्य भने स्थिर रहेको छ ।