September 2, 2026, Wednesday
२०८३ भाद्र १७
1:37:26 pm

सुनको भाउ एकै दिन १३ सयले बढ्यो

काठमाडौं- सुनको भाउ आज एकै दिन तोलामा एक हजार ३०० रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि नेपालको बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ तोकिएको छ। यस्तो सुन मंगलबार ९० हजार ७०० रूपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

यस्तै तेजावी सुनको मूल्य बुधबारका लागि ९१ हजार ५०० रूपैयाँ तोकिएको महासंघले जनाएको छ।

Advertisement

आज चाँदीको भाउ पनि प्रतितोला १० रूपैयाँले बढेको छ। मंगलबार एक हजार ३०० रूपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज एक हजार ३१० रूपैयाँ कायम भएको हो।

अन्तर्राष्ट्रिय बजारमा घटबढ हुँदा नेपालमा पनि सुनचाँदीको मूल्य परिवर्तन हुने गरेको महासंघले जनाएको छ।