August 30, 2026, Sunday
२०८३ भाद्र १५
1:37:26 pm

ओलिर्यो सुनचाँदीको मूल्य

काठमाडौं– नेपाली बजारमा बुधवार सुनको मूल्य ओरालो लागेको छ। मंगलवारको तुलनामा सुनको मूल्य तोलामा  ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधवार छापावाला सुन ९० हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छ। मंगलवार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६सय रुपैयाँ थियो।

आज तेजाबी सुन प्रतितोला ८९ हजार ५५० मा कारोबार भइरहेको महासंघले जनाएको छ। 

Advertisement

यस्तै, बुधवार सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिनको तुलनामा बुधबार चाँदीको मूल्य १० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा खरीदविक्री भइरहेको छ।