August 30, 2026, Sunday
२०८३ भाद्र १५
1:37:26 pm

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं– बिहीवार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ। स्थानीय बजारमा बुधवार ६ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीवार  ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीवार छापावाला सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। बुधवार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

Advertisement

यस्तै, बिहीवार चाँदीको मूल्य पनि बढेको छ। बुधवार प्रतितोला १२ रुपैयाँ ९० मा कारोबार भएको चाँदीको मूल्य बिहीवार २० रुपैयाँले बढेको हो।

आज चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा खरीदविक्री भइरहेको महासंघले जनाएको छ।बढ्यो सुनचाँदीको मूल्य