काठमाडौं – नेपाली बजारमा साताको पहिलो दिन आइतवार सुनको मूल्यमा १ हजार ५ सय रुपैयाँको गिरावट आएको छ । यस दिन छापावाल सुनको मूल्य प्रति तोला ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन तेजाबी सुन प्रति तोला ८९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार चाँदीको मूल्य पनि यस दिन घटेको छ ।
यस दिन चाँदी प्रति तोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार २ सय ६५ रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो ।