August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

सप्तकोसी डेभलपमेन्ट बैंकमा १६ करोड हिनामिना आरोपमा सीईओसहित थप ३ कर्मचारी पक्राउ

विराटनगर : सप्तकोशी डेभलपमेन्ट बैंकको करोडौँ रुपैयाँ घोटाला गरेको आरोपमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नवीन सुवेदीसहित थप तीनजना कर्मचारी पक्राउ परेका छन्।

विराटनगरस्थित कर्पोरेट कार्यालय सप्तकोशी डेभलपमेन्ट बैंकको १५ करोड ७५ लाख ४० हजार ५७५ रुपैयाँ घोटाला गरेको आरोपमा मोरङ प्रहरीले बुधबार सिइओ सुवेदीसहित बैंकका लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी र अपरेशन प्रमुख अमित थापा मगरलाई बुधबार साँझ बैंकबाट पक्राउ गरेको हो।

यसअघि प्रहरीले १९ मंसिरमा बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराईलाई पक्राउ गरेका थियो।

Advertisement

पक्राउ परेका चारैजनालाई मोरङ प्रहरीले शुक्रबार उच्च अदालत विराटनगरमा बैंकिङ कसुरमा म्याद थप गरी अनुसन्धान गर्ने तयारी गरेको छ। बिहीबार सरकारी बिदा भएकाले प्रहरीले शुक्रबार म्याद थप गर्ने तयारी गरेको हो।