August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

प्रतिलिटर पेट्रोलको मूल्य १५५, डिजेल र मट्टीतेल १३८

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य आज (बुधबार) फेरि बढाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको यसअघिको प्रतिलिटर मूल्यमा ५ रूपैयाँ बढाएको छ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५५, डिजेल र मट्टीतेलको प्रतिलिटर १ सय ३८ रूपैयाँ पुगेको छ। तर खाना पकाउने एलपिजी ग्यासको मूल्य भने यथावत राखेको निगमले आज साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। आज दिउँसो निगमले भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची आएको भन्दै विज्ञप्ति जारी गरेको थियो।

Advertisement