August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

निजगढ विमानस्थलबारे फैसला हेरेर सरकारले निर्णय लिन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सर्वोच्च अदालतले गरेको फैसला अध्ययन गरेर सरकारले आवश्यक निर्णय गर्ने बताएका छन् ।

संसदमा नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवा सर्वोच्चको फैसला अध्ययन गरेर सरकारले आवश्यक निर्णय गर्ने बताएका हुन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले भने– ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सम्बन्धमा सर्वोच्च अदालतको फैसलाको अध्ययन गरी आवश्यक निर्णय लिइनेछ ।’

सर्वोच्च अदालतको वृहत पूर्ण इजलासले वातावरणीय कारण देखाउँदै बिहीबार निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न नहुने फैसला गरेको थियो ।

Advertisement

सर्वोच्चको उक्त फैसललाई विकास विरोधी फैसलाको रुपमा व्याख्या गर्न थालिएको छ । दलका शीर्ष नेताहरुले समेत सर्वोच्चले फैसलाबारे पुनरावलोकन गर्नुपर्ने धारणा राखेका छन् ।