August 28, 2026, Friday
२०८३ भाद्र १२
1:37:26 pm

सिसिटिभी फुटेज नपाउने निष्कर्षमा छानबिन समिति

काठमाडाैं । संसदीय छानबिन समितिको बैठक सकिएको छ। सोमबार बसेको छानबिन समितिले सिसिटिभी फुटेज पत्ता नलगाउने निष्कर्ष निकालेको छ।

समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेज ‘रिस्टोर’ हुने सफ्टवेयर मगाएको थियो। तर त्यहाँ केही पनि फेला नपरेको एक समिति सदस्यले बताए। 

‘अहिलेसम्म छानबिन गरिरहेका थियौं। अब अनुसन्धान गर्छौं’, उनले भने, ‘अब रिकभर हुने कुनै सिस्टम छ कि भनेर त्यसबारे बुझ्नेछौं। त्यसका लागि प्रयास जारी छ।’

Advertisement

यी सबै प्रक्रिया सकेपछि अर्थमन्त्रीसँग सोधपुछ गरिने उनले बताए। ‘अहिल्यै सोधपुछ गर्ने निचोड निकालेका छैनौं’, उनले भने,‘समग्रमा अहिलेको परिस्थितिमा फुटेज नपाउने निष्कर्षमा हामी पुग्यौं।’

यसअघि आइतबार बसेको समितिको बैठकमा सिसिटिभी फुटेज हेर्ने व्यक्ति बोलाइए पनि फुटेज प्राप्त नभएको बैठकमा बताइएको थियो।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ।

पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।