August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

४ वर्षे कार्य सम्पादन सुखद: इन्द्र आङ्बो

विराटनगर । प्रदेश नं  १ का निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले  मन्त्रालयको  ४ वर्षसम्मको कार्य सम्पादन सुखद रहेको बताएका छन्।​

आङ्बोले सामाजिक सञ्जालमा लेख्दै  सबैको सहयोगले मन्त्रालयको कार्यसम्पादन  सुखद रहेको बताएका हुन्। उनले  सकेसम्म राम्रो गर्ने आफूहरूको  प्रयत्नको मूल्यांकन प्रदेशवासी जनताबाट हुने बताए।

उनले स्टाटसमा लेखेका छन्‚ ‘कार्यकाल पूरा गरी आफ्नो राजनीतिक मार्गचित्र अनुसार जिम्मेवारी मुक्त हुँदा अर्कै गर्व महसुस हुने रहेछ।’

Advertisement

उनले  कार्यकालमा विश्वास गरी महत्त्वपूर्ण जिम्मेवारी दिने तत्कालीन मुख्यमन्त्री राजेन्द्र राई, मन्त्रीहरू प्रदेशसभा सदस्य  र प्रदेश सरकारका कर्मचारीहरूप्रति आभार समेत प्रकट गरेका छन्।