September 1, 2026, Tuesday
२०८३ भाद्र १६
1:37:26 pm

अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई दियो ७ अर्ब रुपैयाँ

काठमाडौं- आउँदो वैशाखमा गर्ने भनिएको निर्वाचनका लागि अर्थ मन्त्रालयले  निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ उपलब्ध गराएको छ।

बजेटको अर्धवार्षिक समीक्षाको क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन आयोगको मागअनुसार रकम उपलब्ध गराएको बताएका हुन्।

सरकारले चालू आर्थिक वर्षको सुरुवाती विनियोजनभन्दा १ खर्ब ३० अर्ब रूपैयाँले बजेटको आकार घटाउँदै बजेटको अर्धवार्षिक समीक्षा गरेको छ।

Advertisement

चालू वर्षको सुरुमा १४ खर्ब ७४ अर्ब रूपैयाँ बजेट खर्च गर्ने लक्ष्य राखिएकोमा त्यसलाई १३ खर्ब ५५ अर्ब रूपैयाँमा झारिएको छ।