November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

सु चीले केही सुन र ६ लाख अमेरिकी डलर भ्रष्टाचार गरेको सेनाको आरोप

२०७७ फाल्गुन २७

काठमाडाैं– म्यानमारको सेनाले अपदस्थ प्रजातन्त्रवादी नेतृ आङ सान सु चीमाथि भ्रष्टाचारको आरोप लगाएको छ। नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)काे सरकारमा रहँदा उनले भ्रष्टाचार गरेको सेनाले आरोप लगाएको हो।

ब्रिगेडियर जनरल जा मिन तुनले बिहीबार पत्रकार सम्मेलनका क्रममा सरकारमा रहँदा अवैध तरिकाले सु चीले केही सुन र ६ लाख अमेरिकी डलर (६ करोडभन्दा रुपैयाँ बढी) स्वीकार गरेको बताए। म्यानमारको सेनाद्वारा सूकीमाथि लगाएका यो अहिलेसम्मको सबैभन्दा गम्भीर आरोप हो ।

‘सेनाले चुनावी अनियमितताबारे आफ्नो रिपोर्ट पठाएको थियो तर म्यानमारका राष्ट्रपतिले चुनाव आयोगसँग यसबारे कुनै पनि कारवाही नगर्ने बताएको थियो,’ तुनले भने। यद्यपि, उनले कुनै पनि प्रकारको प्रमाण भने पेश गरेनन् ।

Advertisement

नाेभेम्बर २०२० को चुनावमा एनएलडीले बहुमत हासिल गरेको थियो। तर निर्वाचनमा धाँधली गरेको भन्दै सेनाले फेब्रुअरी १ ​​मा म्यान्मारमा विद्रोह गर्‍यो।