November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

चीन सरकारद्धारा अलिबाबालाई एक अर्बडलर जरिवाना गराउने

२०७७ फाल्गुन २९

काठमाडौं–ई–कमर्श क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियम उल्लङ्घन गरेको भन्दै चीनले  करीब १ अर्ब डलर जरिवाना गर्ने तयारी गरेको छ। 
अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले बिहीवार अलिबाबामाथिको जरिवाना सम्बन्धी समाचार छपेको थियो।

यो रकम चीनमा कुनै पनि कम्पनीमाथि आजसम्मकै सबैभन्दा ठूलो जरिवाना भएको समाचारमा जनाइएको छ। यसअघि सन् २०१५ मा अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले ९७ करोड ५० लाख डलर जरिवाना तिरेको थियो। क्वालकममाथि चीनमा प्रतिस्पर्धा रोक्ने कार्यमा अवरोध पुर्‍याएको आरोप लागेको थियो।     

चीनको सबैभन्दा ठूलो अनलाइन सपिङ पोर्टलका रुपमा स्थापित अलिबाबामाथि चिनियाँ अधिकारीले केही महीनादेखि अनुसन्धान र छानबिन गरिरहेका थिए। यो कम्पनी हरेक चिनियाँका लागि सामान खरीद र ढुवानीका लागि निकै भरपर्दो र लोकप्रिय माध्यम बनेको छ। 

Advertisement