एजेन्सी – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युरोपमा कोभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाउने गति ‘अस्वीकार्य रूपमा’ ढिलो भएको भन्दै आलोचना गरेको छ ।
डब्ल्यूएचओले यस क्षेत्रको स्थिति केही महिनादेखि निकै चिन्ताजनक रहेको जनाएको छ ।
युरोपको अधिकांश क्षेत्रमा खोप लगाउने अभियानमा ढिलाइ हुँदा कोरोना सङ्क्रमणको सङ्ख्या बढ्दो छ ।
‘यस महामारीमा खोप नै उत्तम तरिका हो । यद्यपि खोप अभियानमा अस्वीकार्य रुपमा ढिलाइ भएको छ र युरोपमा महामारी फैलिरहेको छ’, युरोपका लागि डब्ल्यूएचओका निर्देशक हान्स क्लुजले एक विज्ञप्तिमा भन्नुभएको छ ।
गएको हप्ता डब्ल्यूएचओको युरोपेली क्षेत्रका अधिकांश देशमा कोभिड–१९ सङ्क्रमणमा वृद्धि देखिएको छ जसमा ५० भन्दा धेरै देश समावेश छन् र ग्रीनल्याण्डदेखि पूर्वी रुससम्म फैलिएको छ ।