August 31, 2026, Monday
२०८३ भाद्र १५
1:37:26 pm

भारतमा तेस्रो चरणको खोप अभियानमा ४५ वर्ष माथिकालाई लगाइने

काठमाडाैं- भारतमा कोभिड १९ विरुद्धको खोप अभियानको तेस्रो चरण सुरु भएको छ। बिहीबारदेखि सुरु भएको तेस्रो चरण अन्तर्गत ४५ वर्ष माथिका व्यक्तिलाई खोप लगाइने बताइएकाे छ।

भारतमा हालसम्म ६० लाख बढी मानिसले कोभिड १९ विरुद्धको खोप लगाएका छन्। जसमध्ये अधिकांश फ्रन्टलाइनमा काम गर्ने र ६० वर्ष माथिका व्यक्तिहरु छन्। भारतमा हाल दैनिक ठूलाे संख्यामा कोरोना संक्रमित भेटिने गरेका छन्। भारतमा मार्चदेखि कोरोना संक्रमितको संख्या बढ्न थालेको हो। 

बुधबार मात्र ७२ हजार १९ जनामा कोरोना पुष्टि भएको छ भने ४ सय ५७ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म एक करोड २२ लाख २१ हजार भन्दा बढी मानिस कोरोना संक्रमित भइसकेका छन्।

Advertisement

कुल संक्रमितमध्ये पाँच लाख ८४ हजार ५६६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने एक करोड १४ लाख ७४ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन्।