November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

टेक्सासमा एक नेपालीको गोली हानी हत्या

काठमाडौं । अमेरिकामा एक नेपालीको गोली हानी हत्या भएको छ । टेक्सासको अस्टिनमा बस्दै आएका पोखरा सराङकोटका रमेश थापाको मृत्यु भएको जनाइएको छ ।

अस्टिन प्रहरी विभागका अनुसार मध्यरात त्यहाँको स्थानीय आवसीय क्षेत्रमा थापालाई गोली हानिएको थियो । स्प्रिङ रोडस्थित कंकड अपार्डमेन्ट (आवासगृह) क्षेत्रमा मंगलबार राति गोली हानेर हत्या गरिएको त्यहाँको प्रहरीले जनाएको छ ।

झन्डै ११ वर्षअघि मेक्सिको हुँदै थापा अमेरिका पुगेका थिए । पछिल्लो समय अमेरिकामा एसियाली नागरिकमाथि आक्रामणका घटना बढिरहेको समयमा यो हत्या भएको हो ।

Advertisement