August 30, 2026, Sunday
२०८३ भाद्र १४
1:37:26 pm

विश्वमा एकै दिन ७ लाख ८५ हजारभन्दा बढी संक्रमित थपिए, १३ हजारको मृत्यु

काठमाडौं- गत २४ घण्टाभित्र विश्वमा सात लाख ८५ हजार ८९६ कोरोना भाइरसका संक्रमित थपिएका छन्। सोही अवधिमा १३ हजार २६८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार शनिबार बिहानसम्म विश्वमा कोरोना संक्रमितको संख्या १३ करोड ५२ लाख ८९ हजार ८६९ पुगेको छ। यसैगरी, कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ लाख २७ हजार ६८४ पुगेको छ। 

गत २४ घण्टामा सबैभन्दा बढी भारतमा एक लाख ४४ हजार ८२९ जना नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा भारतमा ७७३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

Advertisement

त्यसैगरी ब्राजिलमा ८९ हजार ९० जना संक्रमित थपिँदा तीन हजार ६४७ जनाको मृत्यु भएको छ। गत २४ घण्टाभित्र ब्राजिलमा मृत्यु हुनेको संख्या विश्वमै सबैभन्दा धेरै हो।

अमेरिकामा ८५ हजार ३६८ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ९२९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

यसैगरी, गत २४ घण्टाको अवधिमा फ्रान्समा ४१ हजार २४३, टर्कीमा ५५ हजार ७९१, इटालीमा १८ हजार ९३८, जर्मनीमा २२ हजार २८१, पोल्यान्डमा २८ हजार ४८७, अर्जेन्टिनामा २४ हजार १३० तथा इरानमा २२ हजार ४७८ संक्रमित थपिएको तथ्यांक छ।