August 29, 2026, Saturday
२०८३ भाद्र १३
1:37:26 pm

इन्डोनेसियामा भूकम्प जाँदा सातको मृत्यु

काठमाडौं– इन्डोनेसियामा ६ म्याग्निच्युडको भूकम्प जाँदा ७ जनाको मृत्यु भएको छ।

जाभा द्विप केन्द्र बिन्दु भई गएको भूकम्पका कारण सयौ घरमा क्षति पुगेको समाचारहरुमा उल्लेख छ।

अमेरिकी भौगर्भिक सर्भेेका अनुसार भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराइमा थियो।

Advertisement

रातको समयमा गएको भुकम्पका कारण भागदौड मच्चिँदा कयौं घाइते भएको समाचारहरुमा उल्लेख छ।

भूकम्पका कराण घरबारविहीन बनेकालाई सुरक्षित स्थानतर्फ सारिएको सरकारी अधिकारीले जनाएको छन्।