August 29, 2026, Saturday
२०८३ भाद्र १३
1:37:26 pm

इराकमा टर्कीको सैन्य अड्डामा हवाई आक्रमण

बग्दाद- उत्तरी इराकमा टर्कीको सैन्य अड्डालाई लक्षित गरी गरिएको हवाई आक्रमणमा एक सैनिकको मृत्यु भएको छ। घटनामा नजिकैको गाउँमा रहेका एक बालक घाइते भएका छन्।

टर्कीको रक्षा मन्त्रालयका अनुसार उत्तरी इराकको बशीका क्षेत्रमा बुधवार राति सेनाको अड्डामा तीन रकेट आक्रमण गरिएको हो। 

‘तीनमध्ये रकेट एक सैन्य अड्डामा खसेको थियो। यस्तै दुई रकेट नजिकैको गाउँमा खसेको छ। उक्त दुर्घटनमा  एक बालक घाइते भएका छन्,’ मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ।

Advertisement

आक्रमणपछि सो स्थानमा सशस्त्र ड्रोन तैनाथ गरिएको छ। 

अधिकारीहरूका अनुसार बुधबार अमेरिकाको नेतृत्वमा रहेको गठबन्धन सेनाको उत्तरी इराकको एयरपोर्टको नजिक एउटा ड्रोनले आक्रमण गरेको थियो।