August 29, 2026, Saturday
२०८३ भाद्र १३
1:37:26 pm

भारतमा कोरोना संक्रमणबाट एकै दिन २८ सयभन्दा बढीको मृत्यु

काठमाडौं– भारतमा पछिल्लो २४ घण्टामा उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन्। विगत केही दिनदेखि निरन्तर बढिरहेको संक्रमित संख्या दैनिक तीन लाख नाघ्न थालेको छ। 
भारतमा दैनिक रुपमा संक्रमणबाट हुने मृत्युदरसमेत बढिरहेको छ। पछिल्लो केही दिनयता दैनिक मृतकको संख्यामा समेत रेकर्ड बन्न थगालेको हो।

पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ५४ हजार ५३१ जना नयाँ संक्रमित थपिएका हुन्। अघिल्लो दिन पनि भारतमा ३ लाख ४९ हजारभन्दा बढी संक्रमित थपिएका थिए।

कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ७३ लाख नाघेको छ।

Advertisement

पछिल्लो २४ घण्टामा २८ सय ५ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या एक लाख ९५ हजार ११६ पुगेको छ।

संक्रमितमध्ये एक करोड ४२ लाखभन्दा बढी निको भइसकेका छन् भने २८ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।