August 30, 2026, Sunday
२०८३ भाद्र १४
1:37:26 pm

अमेरिकामा पूर्ण खाेप लगाएका मानिस मास्क नलगाई हिँड्न पाउने

काठमाडाैं–अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले पूर्ण खोप लगाइसकेका अमेरिकी बाहिर खुला क्षेत्रमा हिँडडुल गर्दा मास्क लगाउन नपर्ने घोषणा गरेको छ।

ससानाे समूहमा भेला भएर पार्टी गर्न पनि सकिने सीडीसीले बताएकाे छ। यसका लागि नयाँ मापदण्ड नै बनाएर खुला गरिएकाे छ।

खोपकाे आवश्यक मात्रा लगाइसकेकाले एक्लै हुँदा वा खोप लगाइसकेका अन्य व्यक्तिको सानो समूहमा बस्दा मास्क लगाउन नपर्ने नयाँ मापदण्डमा उल्लेख छ।

Advertisement

तर, कोठाभित्र र भिडभाडयुक्त स्थलमा अझै पनि मास्क अनिवार्य गरिएकाे छ।

हालसम्म ९ करोड ५० लाख अमेरिकीले खोपको पूर्ण मात्रा लगाइसकेका छन्।