August 29, 2026, Saturday
२०८३ भाद्र १३
1:37:26 pm

भारतमा काेराेनाकाे तेस्राे लहर आउन सक्ने वैज्ञानिकहरुकाे चेतावनी

काठमाडाैं– भारत सरकार मुख्य वैज्ञानिक सल्लाहकार के विजयराघवनले अहिलेकाे अवस्था हेर्दा भारतमा तेस्राे लहर आउने निश्चित देखिएकाे बताए।

स्वास्थ्य मन्त्रालयकाे पत्रकार सम्मेलनमा बाेल्दै उनले कहिले आउने भन्ने एकिन नभएकाे भन्दै काेभिडकाे प्राेटाेकल पालना गरिराख्नुपर्ने बताए।

विजयराघवनले नयाँ म्युटेन्टसँग लड्न भ्याक्सिनलाई अपडेट गर्नु जरुरी भएकाे बताए। भाइरसले जब म्युटेट गर्न शुरु गर्छ त्यसपछि मानिसहरुले अझै सावधानी अपनाउनु पर्ने उनकाे भनाइ छ।

Advertisement

‘काेभिडकाे प्राेटाेकल पालना गर्दै भ्याक्सिन लगाउनु जरुरी छ,’ उनले भने, ‘’वैज्ञानिकहरु भाइरसकाे स्वरुप परिवर्तनबारे अध्ययन गर्न म्यापिङ गरिरहेका छन्, जसले भविष्यमा यससग लड्नका लागि तयार रहन सहयाेग गर्छ।’