August 30, 2026, Sunday
२०८३ भाद्र १४
1:37:26 pm

भारतमा घट्दै संक्रमित, मृतकको संख्या भने उच्च

काठमाडौं– भारतमा दैनिक रुपमा उच्च संख्यामा कोरोना संक्रमितको संख्या पछिल्लो समय केही घट्न थालेको छ। पछिल्लो २४ घण्टाभित्र त्यहाँ २ लाख ८१ हजार ८६० जना नयाँ संक्रमित थपिएका हुन्।

अघिल्लो दिन यो सख्या ३ लाख १० हजारभन्दा बढी थियो। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ४९ लाख नाघेको छ।

नयाँ संक्रमितको संख्या केही घटे पनि पछिल्लो केही दिनयता दैनिक मृतकको संख्या भने रेकर्ड बन्न थालेको छ। भारतमा पछिल्लो २४ घण्टामा ४ हजार ९२ को मृत्यु भएको छ। यो योसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या दुई लाख ७४ हजार नाघेको छ।

Advertisement

संक्रमितमध्ये २ करोड ११ लाख भन्दा बढी निको भइसकेका छन् ३५ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड ३७ लाखभन्दा बढी संक्रमित रहेका छन्।पछिल्लो २४ घण्टामा त्यहाँ करिब १७ हजार संक्रमित थपिएका छन् भने २८१ जनाको मृत्यु भएको छ।