August 30, 2026, Sunday
२०८३ भाद्र १४
1:37:26 pm

बर्नार्ड आर्नोल बने विश्वको सबैभन्दा धनी व्यक्ति

काठमाडौं– फ्रान्सेली फेशन टाइकुन बर्नार्ड आर्नोल विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन्।

फ्रान्सको एलभीएमएचका प्रमुख कार्यरकारी अधिकृत आर्नोलले एमाजनका संस्थापक जेफ बेजोसलाई पछि पार्दै विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका हुन।

अमेरिकी आर्थिक पत्रिका फोब्र्सका अनुसार आर्नोलको नेटवर्थ १ खर्ब ८६ अर्ब ३० करोड डलर रहेको छ। बेजोसको भने १ खर्ब ८६ अर्ब डलर छ।

Advertisement

विद्यतीय कार टेस्लाका सिइओ एलन मस्क भने सूचीको तेस्रो स्थानमा छन्। मस्कको नेटवर्थ १ खर्ब ४७ अर्ब ३० करोड डलर रहेको फोब्र्सले उल्लेख गरेको छ।