August 30, 2026, Sunday
२०८३ भाद्र १४
1:37:26 pm

भारतसँगको स्थलमार्ग थप १५ दिन बन्द गर्दै बंगलादेश

काठमाडौं– बंगलादेश सरकारले भारतसँगको स्थल नाका हुँदै गरिने सार्वजनिक यात्रामा जारी प्रतिबन्धको समय थप गरेको छ।  
भारतमा कोभिड–१९ संक्रमण बढेसँगै अप्रिल २६ देखि जारी प्रतिबन्ध जुन १४ सम्म बिस्तार गर्ने निर्णय गरेको छ।

शनिबार बंगलादेशको परराष्ट्र सचिवको अध्यक्षतामा बसेको बैठकले भारतसँगको सीमा बन्द गर्ने समय थप गर्ने निर्णय गरेको बताइएको छ। यसअघि जारी प्रतिबन्ध मे ३१ मा सकिँदै थियो। 

बंगलादेशले भाइरसको फैलावट रोक्न भारतसँग जोडिएका अन्य दुई सीमाविन्दुमार्फत हुने स्थलमार्गलाई पनि बन्द गर्ने निर्णय गरेको छ।

Advertisement

आइतबार बन्द गरिएका सीमा बजारहरूमा  चोदङ्गाको दर्शना र चपेनावाबगंजको सोना मस्जिद रहेका बताइएको छ। 

सरकारको निर्णय अनुसार दर्शन पोर्ट एक हप्ताको र सोना मस्जिद दुई हप्ताका लागि बन्द रहनेछन् । यद्यपि ती नाकाबाट सामान ओसारपसारका लागि भने कुनै अवरोध हुने छैन।