August 28, 2026, Friday
२०८३ भाद्र १२
1:37:26 pm

मुम्बईमा आवासीय भवन भत्किँदा सात बालबालिकासहित कम्तीमा ११ जनाको मृत्यु

सहरको मालाद क्षेत्रमा अवस्थित उक्त भवन भत्किएर छेउको एउटा छाप्रोलाई पुरेको बताइएको छ।

मृतकमध्ये सात बालबालिका र एक किशोर भएको बीबीसी मराठीले जनाएको छ।

भग्नावशेषमा केही मानिस अझै जीवित भेटिन सक्ने अपेक्षासहित उद्धारकार्य चलिरहेको अधिकारिहरूले बताएका छन्।

Advertisement

मुम्बई महानगरपालिकाका अनुसार घटनामा १७ जना घाइते भएका छन्।

बीबीसी मराठीका अनुसार उक्त भवनका मालिक र कन्ट्र्याक्टरविरुद्ध कानुनी कारबाही सुरु भएको छ।