August 28, 2026, Friday
२०८३ भाद्र १३
1:37:26 pm

भारतीय किसानद्वारा आन्दोलन फिर्ता लिन अस्वीकार

काठमाडौं – भारतमा लामो समयदेखि आन्दोलनरन किसानका प्रतिनिधि र केन्द्र सरकारबीच पहिलो चरणको वार्ता भएको छ। 

नयाँ दिल्लीमा भएको वार्तामा ३० भन्दा बढी किसान समूहका प्रतिनिधि तथा केन्द्रीय कृषिमन्त्री नरेन्द्र सिंह तोमर, रेलमन्त्री पियूस गोएल लगायतको सहभागिता थियो। 

करीब ३ घण्टा लामो बैठकपछि कृषिमन्त्री तोमरले पहिलो चरणको वार्ता सकारात्मक भएको जानकारी दिंदै बिहीबार थप छलफल हुने बताए। भारत सरकारले धेरै जनासँग वार्ता गर्न समस्या हुने भन्दै सानो वार्ता टोली बनाउन आग्रह गरेपनि किसान प्रतिनिधिले साझा समस्या भएकाले सबैसँग वार्ता गरी साझा निर्णय लिन आग्रह गरेका थिए। 

Advertisement