August 28, 2026, Friday
२०८३ भाद्र १२
1:37:26 pm

साउदीले तोक्यो हज यात्राको मापदण्ड, ६० हजारभन्दा बढी जान नपाउने

काठमाडौं– कोरोना महामारीका बीच हुने  हजका लागि जाने तीर्थयात्रीका लागि साउदी अरबले मापदण्ड तोकेको छ। यस पटकको  हज यात्रा आउँदो जुलाईको मध्यदेखि सुरु हुनेछ ।

मापदण्ड अनुसार यसपालि ६० हजारले मात्र यात्रा अनुमति पाउनेछन्। कोरोना भाइरसको संक्रमण फैलिएकाले यो निर्णय गरिएको साउदी अरबले जनाएको छ। हजका लागि जाने तीर्थयात्रीको स्वास्थ्य र सुरक्षाका लागि थप निर्णय हुन सक्ने साउदीलाई उद्धृत गर्दै समाचारहरुमा उल्लेख छ।

मापदण्ड अनुसार यसपालि १८ देखि ६५ वर्ष उमेर समूहका नागरिक मात्रै हजका लागि जान पाउनेछन् ।

Advertisement

हजमा जानेले कोरोना विरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्ने तथा गम्भीर खालको रोग लागेका वा बिरामी परेका व्यक्ति जान पाउनेछैनन्। यसपालिको हजका लागि साउदी अरबमा रहने र साउदी अरबकै नागरिकलाई मात्रै अनुमति दिइएको छ।