August 29, 2026, Saturday
२०८३ भाद्र १३
1:37:26 pm

भारतमा कोरोना : ६७ हजार संक्रमित थपिँदा १४ सयको मृत्यु

काठमाडौं– भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमण पछिल्ला दिनमा ओरालो लाग्न थालेको छ। दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमणसँगै मृतकको संख्या पनि ओरालो लाग्न थालेको छ।

पछिल्लो २४ घण्टाभित्र त्यहाँ ६७ हजार २९४ जना नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ९६ लाख नाघेको छ।

पछिल्लो २४ घण्टामा १४ सय ११ सयको मृत्यु भएको छ। कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या ३ लाख ३१ हजार नाघेको छ। संक्रमितमध्ये २ करोड ८२ लाखभन्दा बढी निको भइसकेका छन् भने ८ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

Advertisement

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड ४३ लाखभन्दा बढी संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ करिब १४ हजार संक्रमित थपिएका छन् भने ४३४  जनाको मृत्यु भएको छ।

तेस्रोमा रहेको ब्राजिलमा करिब एक करोड ७६ लाख संक्रमित रहेका छन्। त्यहाँ पछिल्लो २४ घण्टामा ८५ हजारभन्दा बढी संक्रमित थपिँदा २६ सय ७३ जनाको मृत्यु भएको छ।