August 27, 2026, Thursday
२०८३ भाद्र १२
1:37:26 pm

फ्रान्सका ८ सहरमा रात्रीकालीन कर्फ्यू

पेरिस– फ्रान्सको राजधानी पेरिससहित ८ सहरमा रातको समयमा कर्फ्यू लगाइएपछि रात्रीजीवन सुनसान बनेको छ। कोरोना भाइरस संक्रमणको दर तीव्र रूपमा बढ्न थालेपछि सरकारले रातको समयमा कर्फ्यू लगाएको हो। 

पेरिससहित फ्रान्सका ८ सहरमा बेलुका ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको छ। राजधानी पेरिससहित मार्सिली, ल्योन, लिली लगायतका सहरमा कर्फ्यू लगाइएको बिबिसीले जानकारी दिएको छ। 

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले कोभिड संक्रमणको जोखिम कम गर्न कर्फ्यू आवश्यक भएको बताएका छन्।

Advertisement

स्थानीय सञ्चार माध्यमहरूका अनुसार जिम तथा पुल र मनोरञ्जनका उद्योगका गतिविधि नियन्त्रण गर्न रातको समयमा कर्फ्यू लगाइएको हो। 

कर्फ्यू लगाइएका ८ सहरमा करिब २ करोड जनसंख्या बसोबास गर्छन्।