August 28, 2026, Friday
२०८३ भाद्र १२
1:37:26 pm

म्यानमारमा थप २५ जुन्ता विरोधी लडाकु र नागरिकको मृत्यु

काठमाडाैं- म्यानमारमा थप २५ जना जुन्ता विरोधी लडाकु र नागरिक मारिएका छन्।

आइतबार मध्य सागाइङ क्षेत्रमा सेनाले चलाएकाे गाेली लागेर उनीहरुकाे मृत्यु भएकाे हाे।

स्थानीयहरुका अनुसार सैनिकका ट्रकहरु उक्त क्षेत्रमा प्रवेश गरेर गाेली चलाउन थालेपछि झडप भएको हो। 

Advertisement

सेनाले २६ पटकसम्म गोली हानेको आवाज सुनेको उनीहरुले बताएका छन्। उनीहरुका अनुसार सेनाले बाटोमा जसलाई देख्यो उसैमाथि धमाधम गोली हानेका थिए।

यसरी मारिनेमा धेरैजसो आम नागरिक छन्।

गत फेब्रुअरीमा सेनाले आङ सान सू चीको दललाई अपधस्थ गर्दै सेनाले सत्ता कब्जा गरेपछि भएका विभिन्न प्रदर्शन तथा झडपमा हादसम्म ८९० जना मारिएका छन्।

पछिल्लो समय कतिपय स्थानमा राज्य प्रशासनसँग लड्न नागरिकहरुले राइफल तथा घरेलु हतियार उठाइरहेका छन्।