August 28, 2026, Friday
२०८३ भाद्र १२
1:37:26 pm

मन्त्रिमण्डल विस्तार गर्दै भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन्।

भारतको टेलिभिजन दूरदर्शनले भारतीय समय अनुसार आज साँझ ६ बजे केन्द्रीय मन्त्रिमण्डल विस्तारको सूचना दिएको छ।

पछिल्लो केही दिनदेखि यस बारेमा अनुमान लगाइएको थियो। केही नेताको दिल्ली दौडले उनीहरुलाई मन्त्रिमण्डलमा स्थान दिन लागिएकोबारे भारतीय सञ्चारमाध्यममा चर्चा चलेको थियो। 

Advertisement

बिहारका मुख्यमन्त्री नीतीश कुमारले पनि मंगलबार उनको पार्टी जेडीयू मोदी मन्त्रिमण्डलमा सहभागी हुन सक्ने संकेत गरेका थिए।