August 26, 2026, Wednesday
२०८३ भाद्र ११
1:37:26 pm

खुल्यो काबुल विमानस्थल

काठमाडौं– भीडभाड बढेसँगै सोमबारदेखि बन्द रहेको  काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबारदेखि खुलेको छ।

सोमबार विमानस्थलमा भागदौड मच्चिएसँगै सबै उडान रोकिएको थियो। भीड नियन्त्रणका लागि विमानस्थलमा गोलीसमेत चलाउनु परेको थियो।

आइतबार  तालिबान लडाकुले काबुल कब्जा गरेपछि अफगानिस्तान छोड्न चाहने हजारौं मानिस काबुल विमानस्थल पुगेका थिए। 

Advertisement

भागदौडका क्रममा  पाँच जनाको मृत्यु भएको थियो। सोमबारको तुलनामा मंगलबार विमानस्थल शान्त रहेको अधिकारीहरुले बताएका छन्।