August 27, 2026, Thursday
२०८३ भाद्र १२
1:37:26 pm

नाटो सदस्य टर्कीद्वारा रसियन एस-४०० रक्षा प्रणालीको परीक्षण, अमेरिकाको टाउको दुखाई

काठमाडौं। टर्कीले केही दिनअघि ब्ल्याक सी आसपासमा एयर क्राफ्ट र पानीजहाजहरुलाई आउँन नदिने घोषणा गरेको थियो। टर्कीको यो घोषणसँगै यो हप्ता उसले हवाई रक्षा प्रणालीको परीक्षण गर्नसक्ने अनुमान गरिएको थियो। यसबीच विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले टर्कीले उक्त रक्षाप्रणाली परीक्षण गरेको जनाएका छन्।

आधिकारीक रुपमा टर्कीले जानकारी नदिएपनि त्यहाँको रक्षामन्त्रालयले परीक्षण गरेको कुरा नत स्विकार्ने न अस्विकार गर्ने बताएको छ। टर्कीले यदि उक्त रक्षा प्रणालीको परीक्षण गरेको हो भने यो कुराले अमेरिका र टर्कीबीच टकरावको स्थिती सिर्जना गर्छ। टर्कीले रसियाबाट रक्षा प्रणाली किनेको कुरालाई समर्थन गर्दैन्।

Advertisement