August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

औषधी अभावले श्रीलंकामा अस्पतालमा रोकिए पूर्वनिर्धारित शल्यक्रिया

काठमाडाैं । आर्थिक संकट सामना गरिरहेको श्रीलंकामा औषधी अभाव भएपछि पूर्वनिर्धारित शल्यक्रियाहरू रोकिएका छन्।

न्युजफर्स्टका अनुसार पेरादेनिया शिक्षण अस्पतालले औषधी अभावका कारण आकस्मिक शल्यक्रियाहरूमात्रै गर्ने निर्णय गरेको छ। पेरादेनिया विश्वविद्यालयअन्तर्गतको उक्त शिक्षण अस्पताल श्रीलंकामा ठूला सामुदायकि अस्पतालमध्ये पर्छ।

पछिल्लो समय विदेशी मुद्रा सञ्चिति अभावका कारण श्रीलंकाले विदेशबाट चाहिएजति सामान ल्याउन सकिरहेको छैन।

Advertisement

यसैबीच श्रीलंका भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एस जयशंकरले औषधी अभावका कारण शल्यक्रिया रोकिएको समाचारले आफू स्तब्ध भएको बताएका छन्।

उनले औषधी अभावमा कसरी सहयोग गर्न सकिन्छ भनेर कोलोम्बोस्थित भारतीय हाइ कमिस्नर गोपाल बाग्लेलाई भनेको बताएका छन्।