August 28, 2026, Friday
२०८३ भाद्र १३
1:37:26 pm

मलेसियामा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना,१० जनाको मृत्यु

क्वाललम्पुर । मलेसियामा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेका छन् । नौसेनाको तालिमका क्रममा यी हेलिकप्टरहरू ‘रोयल मलेशियन नौसेना उत्सव’को लागि प्रशिक्षण गरिरहेका थिए।

स्थानीय समाचारहरूका अनुसार दुवै हेलिकप्टरमा चालक दलका कम्तीमा १० जना सवार रहेका थिए ।दुर्घटनामा हेलिकप्टरमा सवार सबै १० जनाको मृत्यु भएको बीबीसीले जनाएको ।

स्थानीय मिडियामा देखिएका फुटेजका अनुसार दुई हेलिकप्टर ठोक्किएर एक स्टेडियममा खसेका थिए।बीबीसीले यस दुर्घटनाको बारेमा थप जानकारीको लागि मलेसियाली अधिकारीहरूसँग सम्पर्क गरिरहेको छ।

Advertisement