November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

हमासले सार्वजनिक गरेको ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’ 

काठमाडौं । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूलाई बिदाई गरेको तस्वीर सार्वजनिक गरेको छ । ‘बिदाइ तस्वीर’ भनेर सार्वजनिक गरिए पनि उनीहरूको अवस्थाबारे केही खुलाइएको छैन ।

कस्साम ब्रिगेड्सले शनिबार अनलाइनमा गरेको एउटा संकलित फोटो पोस्टको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको पनि तस्वीर समावेश छ ।

टाइम्स अफ इजरायलले भने हमासले सार्वजनिक गरेको तस्वीरलाई बन्दीका परिवार र इजरायली सरकारमाथि दबाब दिन खोजेको उल्लेख गरेको छ ।

Advertisement

इजरायलले गरेको व्यापक स्थलगत र हवाई आक्रमणबाट गाजा क्षेत्रमा राखिएका बन्दीहरूको सुरक्षालाई खतरा पु¥याएको हमासले जिकिर गरेको छ ।

सञ्चार संस्था अल जजिराका अनुसार, इजरायली सेनाले घेरिएको क्षेत्रको सबैभन्दा ठूलो सहरलाई ध्वस्त पार्ने र नियन्त्रणमा लिने अभियान जारी राखेको बेला हमासले यो बिदाई तस्वीर सार्वजनिक गरेको हो ।