काठमाडौं । पाकिस्तानको कराचीस्थित एक मलमा भएको भीषण आगलागी परी मृत्यु हुनेको संख्या कम्तीमा ५५ जना पुगेको छ।
शनिबार राति आगलागी भएपछि हालसम्म कुल ५५ जनाको शव उद्धार गरिएको हो ।
उद्धार कार्य अझै जारी रहेको र भग्नावशेषभित्र मानव अवशेष खोज्ने प्रयास भइरहेको बताइएको छ ।
तीन तले गुल प्लाजामा भएको उक्त आगलागीपछि अझै केही व्यक्ति बेपत्ता रहेको आशङ्कामा आफन्तहरूले उद्धार कार्य ढिलो भएको भन्दै आलोचना गरेका छन् ।
५० भन्दा बढी परिवारले डिएनए नमूना उपलब्ध गराइसकेको बताइएको छ ।