November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

अमेरिकामा ८ बालबालिकाको गोली हानी हत्या

काठमाडौं । अमेरिकाको लुइजियाना राज्यको श्रेवेपोर्ट सहरमा गोलाबारी हुँदा ८ बालबालिकाको मृत्यु भएको छ । उनीहरू सबै १ देखि १४ वर्ष उमेर समूहका रहेको अन्तराष्ट्रिय समाचारहरुमा उल्लेख छ ।

प्रहरीका अनुसार आइतबार एक आक्रमणकारीले १० जनामाथि गोली चलाएर फरार भएका थिए । पछि प्रहरी कारबाहीमा उनको मृत्यु भएको हो । प्रहरीले मृतकहरूको विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन, तर केही बालबालिका ती आक्रमणकारीका नातेदार रहेको बताइएको छ । प्रहरीले यसलाई घरेलु विवादका कारण भएको बताएको छ ।

संदिग्ध आक्रमणकारी शमार एल्किन्स रहेको पहिचान खुलेको छ ।

Advertisement