इरानले स्ट्रेट अफ हर्मुज पार गरिरहेको दुइटा पानीजहाज नियन्त्रणमा लिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटसका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्सले बुधबार हर्मुज पार गर्दै गरेका दुई पानीजहाज नियन्त्रणमा लिएको हो ।
अमेरिकाले इरानी पानीजहाज कब्जा गरेपछि इरानले हर्मुज खुला भएको घोषणा गरेको भोलिपल्टै पुनः बन्द गरेको थियो। त्यसयता आइआरजिसीले त्यहाँ कडाइ गर्दै आएको छ ।
बुधबार आइआरजिसीको नौसैनिक युनिटहरूले सुरूमा ती जहाजहरूलाई चेतावनी दिएको थियो। त्यसका बाबजुद जहाज नरोकिएपछि गनबोटबाट ती जहाजमा गोलाबारी गरिएको थियो ।
समुद्री नियम उल्लंघन गरेको भनेर ती दुई पानीजहाजलाई एस्कर्ट गरेर इरानी बन्दरगाहमा पु¥याइएको इरानी अर्धसरकारी समाचार संस्था तस्निमलाई हवाला दिँदै रोयटर्सले लेखेको छ ।
दुई पानी जहाजमध्ये एउटा लाइबेरियाको झण्डा बोकेको एपामिनोन्डास र अर्को पानामाको झण्डा बोकेको एमएससी फ्रान्सेस्का रहेको बताइएको छ ।
फेब्रुअरी अन्त्यदेखि सुरु भएको युद्धपछि इरानले पहिलोपटक जहाज नियन्त्रणमा लिएको हो ।