सिद्धार्थ मेमोरियल स्कुलमा विगत लामो समयदेखि प्रकाशन हुँदै आइरहेको ‘कलम’ त्रैमासिक बाल भित्ते पत्रिकाको सम्पादकमा कक्षा -९ कि प्राप्ती कार्की चयन भएकी छिन् ।
गत बुधबार बसेको सम्पादन मण्डलको वैठकले सो निर्णय गरेको हो । यसैगरी आर्या थापा, आयुष कार्की, प्राश्ना पराजुली, शुभेच्छा कार्की, एडेन थापा समेत सो सम्पादन मण्डलमा आबद्ध भएका छन् । नव सम्पादक प्राप्ती कार्की सङ्गै सम्पादन मण्डलमा आबद्ध सम्पूर्णले हिजैदेखि कार्यभार सम्हालेका छन् ।
कार्यभार सम्हाल्दै नव सम्पादक प्राप्ती कार्कीले यति गरिमा बोकेको यस पत्रिकाको गरिमामा कहिले आँच आउन नदिने बताइन् । आफूले पाएको जिम्मेवारीलाई अग्रजहरुसँग सल्लाह सुझाव लिँदै पूरा गर्ने र सम्पूर्णसँग सहकार्य गर्दै अघि बढ्ने बताइन् । नव सम्पादक लगायत कलम पत्रिकामा आबद्ध सम्पूर्णलाई बधाई दिदै शिक्षिका एवम् गजलकार शारदा निरौलाले बराहक्षेत्र नगरपालिकाको प्रतिष्ठित भित्ते पत्रिका ‘कलम’ले बालबालिकाहरुको प्रतिभाहरुलाई प्रष्फुटन गर्ने भरपर्दो माध्यम रहेको बताउँदै यसको प्रतिष्ठालाई नयाँ सम्पादन मण्डलले थप उचाइमा विश्वास व्यक्त गरिन् ।
निवर्तमान सम्पादक सोफिया कार्कीले नव सम्पादक प्राप्ती कार्कीलाई पत्रिकाका सम्पूर्ण कागजपत्र लगायत खातापाता सहित जिम्मेवारी हस्तान्तरण गरेकी थिइन् ।
यस पत्रिकाको सम्पादकमा रिया भण्डारी, कृतिका काट्वाल, आशिका धामी र सोफिया कार्कीले सफल सम्पादकको रुपमा जिम्मेवारी सम्हालिसकेका छन् ।
