November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

कांग्रेसको महाधिवेसन भदौमा हुने, वडादेखि महाधिवेसनसम्मको प्रतावित तालिका सहित

काठमाडौं, ५ फाल्गुन । नेपाली कांग्रेसको १४औं महाधिवेसन भदौमा हुने भएको छ । बुधबार बसेको बैठकले भदौ ७–१० गते काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

कांग्रेसका केन्द्रीय सदस्य रामकृष्ण यादवका अनुसार, आज बसेको केन्द्रीय समितिको बैठकले फागुनमा निर्धारण गरिएको महाधिवेसन सारेर भदौमा गर्ने निर्णय भएको हो ।

महाधिवेसनको मिति तय गर्नका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच बैठकअघि सहमति भएको थियो । दुई नेताबीच सहमति हुन नसक्दा २ बजे हुने भनिएको बैठक साँझ ६ बजे बसेको थियो ।

Advertisement

विधानअनुसार वर्तमान केन्द्रीय समितिको ४ वर्षको कार्यकाल गत फागुनमै सकिएको छ । विधानको व्यवस्थाअनुसार एक वर्ष कार्यकाल थप गर्दै १४औं महाधिवेशन फागुन ७ देखि गर्ने भनी गत माघ १३ गते बसेको केन्द्रीय समिति बैठकले निर्णय गरेको थियो ।

यस्तो छ वडादेखि प्रदेशसम्मको महाधिवेसनको प्रस्तावित तालिका–

बुधबार बसेको केन्द्रीय समिति बैठकमा महाधिवेसन क्यालेण्डर पनि प्रस्ताव गरिएको छ । सो क्यालेण्डरबारे थप छलफल हुन बाँकी छ । बिहीबार बस्ने बैठकमा त्यसबारे छलफल हुनेछ ।

१. स्थानीय तहको वडा अधिवेसन – असार २० गते (July 4)

२. गाउँपालिका–नगरपालिका स्तरीय अधिवेसन – असार २२ गते (July 6)

३. निर्वाचन क्षेत्र (प्रदेश) अधिवेसन – असार २५ गते (July 9)

४. निर्वाचन क्षेत्र (प्रतिनिधिसभा) अधिवेसन – असार २७ गते (July 11)

५. जिल्ला अधिवेसन – असार ३० गते (July 14)

६. प्रदेश अधिवेसन – साउन ६ गते (July 21)

७. केन्द्रीय महाधिवेसन – भदौ ७–१० गते (August 23 – 26)