November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

अवहेलना मुद्दा: लिखित जवाफसहित सर्वोच्च पुगे प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली लिखित जवाफसहित सर्वोच्च अदालतमा उपस्थित भएका छन्। अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री ओली लिखित जवाफसहित आफैं अदालतमा उपस्थित भएका हुन्।

प्रधानमन्त्री अदालत उपस्थित हुँदा सुरक्षा व्यवस्था कडा पारिएको छ। कानुन व्यवसायीलाई इजलासमा जान समेत रोकिएको छ। उच्च सुरक्षासहित पुगेका प्रधानमन्त्री लिखित जवाफ पेश गरेर फर्किनेछन्। उनले रजिष्ट्रार नारायण पन्थीलाई लिखित जवाफ बुझाएका छन्। 

अवहेलना मुद्दामा न्यायाधीश मनोज शर्माको एकल इजलासले माघ १५ गते  प्रधानमन्त्री ओलीको नाममा लिखित जवाफसहित सात दिनभित्र आफैं उपस्थित हुन आदेश गरेको थियो। 

Advertisement

वरिष्ठ अधिवक्ता कुमार आचार्य र कञ्चनकृष्ण न्यौपानेको निवेदनमा सुनुवाइ गर्दै अदालतको यस्तो आदेश आएको हो।