November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

आज बस्ने भनिएको नेकपा ओली पक्षको स्थायी कमिटी बैठक स्थगित

२०७७ फाल्गुन १३

काठमाडाै‌–नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको आज बिहान बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको निर्णय गरेसँगै सरकार संसद बैठकको तयारीमा लाग्नुपर्ने भएकाले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक केही दिनका लागि स्थगित गरेका हुन्।

सर्वोच्चले १३ दिनभित्र प्रतिनिधिसभा बैठक आह्वान गर्न आदेश दिएकाले मन्त्रिपरिषद् बैठक बस्ने, बैठकले राष्ट्रपतिलाई संसद बैठक आह्वानका लागि सिफारिस गर्ने लगायतका प्रक्रिया हुने भएकाले पार्टीको स्थायी कमिटी बैठक स्थगित गरिएको बताइएको छ।

Advertisement

पार्टीको हिजो बसेको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाको सम्मान गर्ने तथा आगामी दिनमा हुनसक्ने सम्भावित परिस्थितिको सामना गर्ने निर्णय गरेको थियो।