November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

अदालतले संविधानकाे व्याख्या गर्ने हाे, जुलुस नाराकाे हाेइन: प्रचण्ड

२०७७ फाल्गुन १६

काठमाडौं– नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतले जुलुसनाराको नभइ संविधानको व्याख्या गर्नुपर्ने बताएका छन्। आमसभामा उनले अदालतलाई लक्षित गर्दै बोलेका कुराविरुद्ध सर्वोच्चमा परेको रिटको लिखित जवाफ दिँदै यस्तो बताएका हुन्। 

आइतबार आफैं अदालत पुगेर लिखित जवाफ पेश गरेका उनले भनेका छन्, ‘सम्मानित अदालतले संविधानको व्याख्या गर्ने हो। त्यो जुलुस, नारा र भाषणको होइन, तसर्थ हाम्रो जुलुस नारा र भाषणले स्वतन्त्र र सुक्ष्म न्यायपालिका (अदालत)लाई प्रभाव पर्ने र पार्ने कुरा हुन सक्दैन।’

आफूविरुद्ध सरकार र उनका नातेदारले निवेदन हाल्न लगाएको बताएका छन्। उनले आफ्नो उक्त भनाइ प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आक्रोश भएको बताएका छन्।

Advertisement

उनले देशको कार्यकारिणी पदमा बसेका, राज्यशक्ति र स्रोतमा पहुँच रहेकाले धम्की मात्रै होइन, अदालतमा रहेका मुद्दाका विषयमा बोल्दा पनि अदालतको अवहेलना हुने उनले बताएका छन्।

यस्तो छ पूर्णपाठ:

https://drive.google.com/file/d/1p_nrSwtmPQR95XpOlqvZ70TbI2PCbOAW/view