November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

प्रधानमन्त्री ओलीद्वारा ताप्लेजुङ आगलागी घटना प्रति दुःख व्यक्त, तत्काल राहतसँगै पुनःनिर्माण गर्ने प्रतिबद्धता

२०७७ फाल्गुन १८

झापा – ताप्लेजुङको दोभान बजारमा भएको आगलागीको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्।

झापाको बिर्तामोडमा प्रदेश गौरव भिलेज ‘नमूना बस्ती’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका हुन्। आगलागी पीडित परिवारका लागि तत्काल राहत उपलब्ध गराउनुका साथै पुनः निर्माणको काम सरकारले गर्ने पनि उनले प्रतिबद्धता जनाए।

यस विषयमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, जिल्ला प्रशासन कार्यालय र स्थानीय जनप्रतिनिधिलाई समन्वय गर्न उनले निर्देशन दिए।

Advertisement

दोभान बजारमा आगो लाग्दा ४७ घर जलेर नष्ट भएका छन् ।