काठमाडौं–सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीचको वार्ता सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको सरकारी पक्षकाे भनाइ छ।
दुबै पक्षका वार्ता टोलीबीच बुधबार बिहान पहिलो चरणको वार्ता भएको हो। केही तयारी तथा आन्तरिक परामर्शपछि पुनः बस्ने गरी आजको वार्ता टुंगिएको छ।
दुबै टोलीबीच पहिलो चरणको वार्ता सम्पन्न भएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार तथा सरकारी वार्ता टाेलीका सदस्य राजन भट्टराईले बताए। वार्ता सकारात्मक दिशाउन्मुख रहेको उनकाे भनाइ छ।