July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

प्रचण्डले भने- ओलीका मान्छे ‘गाडीमा पैसा राखेर सांसद किन्न घरघर घुम्न’ थाले

२०७७ फाल्गुन १९

काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीका मान्छे ‘गाडीमा पैसा राखेर सांसद किन्न घरघर घुम्न’ थालेको बताएका छन्।

प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटीमा बुधबार बोल्दै प्रचण्डले प्रतिनिधि सभा पनुर्स्थापन भएपछि ओलीका मान्छे सांसद फकाउन घुमिरहेको बताएका हुन्।

‘संसदीय दलमा अल्पमतमा परेपछि ओलीका मान्छे सांसद किन्न रात विरात सांसदका घरघर धाउन थालेका छन्। राजनीतिक रुपमा पतित भएपछि यस्तो गर्नु सामान्य हुँदोरहेछ,’ प्रचण्डको भनाई उदृढ गर्दै ती केन्द्रीय सदस्यले भने, ‘तपाईहरु यस्ता तत्वबाट जोगिनुहोला । यस्ता अनाश्यक प्रलोभन र आश्वासनमा नपर्नुहोला।’

Advertisement

आफूहरु यसरी सांसद खरिद विक्रि गर्ने खेलमा कदापी नलाग्ने बताउँदै प्रचण्डले यस्तो गर्न समेत नैतिकताले नदिने प्रस्ट पारे।